Saturday, 3 June 2017

वाह दिल्ली


वाह दिल्ली
गर्मीमा Jockey मात्र लाएर बस्न सिकायौ तिमीले 

मेट्रो  चढ्दाको पहिलो उत्सुकता बढायौ तिमीले 

सिकंजीले नि प्यास मेटिन्छ  भनेर बतायौ तिमीले 

वाह दिल्ली
गर्मीमा Jockey मात्र लाएर बस्न सिकायौ तिमीले






Beer  नि एस्तो सस्तो मा पाइन्छ भन्दै 
हावा मा  मात्न सिकायौ  तिमीले 

हातले सिधा मोमो, Sorry मोमोस खान नि बाध्य बनायौ  तिमीले 

शब्दै पिछे 'बेन्चो'  बोल्न नि लायौ तिमीले

 वाह दिल्ली
गर्मीमा Jockey मात्र लाएर बस्न सिकायौ तिमीले 












नाइट लाइफ भन्दै रात का रात जाग्न सिकायौ तिमीले 

रात्री "एघार दस" को नाइट शो हेर्न नि लायौ तिमीले

पार्कमा कान्छीसंग 'आइसक्रिम' खादै बात मार्ने मन्जुरी मिलायौ  तिमीले


वाह दिल्ली
गर्मीमा Jockey मात्र लाएर बस्न सिकायौ तिमीले 







पहिलो वर्षामा रुझेर आफ्नो हसिनता देखाई मादक बनायौ तिमीले 

घरभन्दा एति टाढा यो भिड मा संघर्सरत जीवन हास्दै, जिउन  सिकायौ तिमीले

Rent Agreement मा मात्र सिमित नराखी, दिलबाट नै अपनायौ तिमीले 




वाह दिल्ली
गर्मीमा Jockey मात्र लाएर बस्न सिकायौ तिमीले 








2 comments:

  1. Busma Tikat Nakatda, karmacharile Samauda
    Aankha Naheri Bhagna Sikayeu timile.

    Wah Delhi,
    Pokka Pokka ma rakheko paani,chach chussi chussi
    Piuna sikhaeu timile

    Rabdi Faluda, Ganna Juice, and Lassi Khana sikaaeu timile
    Ekanta Park ma gayera aanda sanga sutna sikaeu timile

    ReplyDelete

Disqus Shortname

Comments system