Sunday, 16 April 2017

फेरी त्यो रात आयो... रसमाया को याद आयो...

 भर्खर १९ नाघेको शेर बहादुर गुरुङ ओखलढुङ्घाको कुनै एक पहाडी भेगमा बस्ने गर्थ्यो।  उसको घरमा आमाबुवा लगायत दुइ बहिनिले उसलाई शेरे भनेर बोलाउने गर्थे।  शेरे उमेरले १९ नाघेपानी अझसम्म उसमा निकै बचपना थियो।  कुराले सजिलै अरुको मन जित्नसक्ने शेरे निकै नै चुलबुले स्वभावको थियो।  बहिनिहरुसंग झगडा गर्ने, कुखुरा चोर्ने साथै फुटबल आदि खेल्ने उसको दैनिक कार्य जस्तो नै भैसकेको थियो।  यति सम्म हुदा पनि उ आफ्नो आमाबुवाको आँखाको नानी  सरह थियो। एक्लो छोरो भएर नि होला उसले  आफ्नो बहिनिहरुको तुलनामा अलिक धेरै नै माया पाएको थियो।  बल्लबल्ल गाउँको बिद्यालयबाट SLC  पास भएको शेरे निकै नै उत्साहित थियो।  उत्साहित   नहुनु पनि किन र ? उ त अब ११, १२  गर्न भनि काठमाडौँ बसेका आफ्नो काकाको मा जादै थियो।  घरबाट टिकाटालो गरि उ काठमाडौँको लागि भनि हिड्यो।  कलंकी मा शेरेको काकाको छोरा नरेन उसलाई लिन भनि आएको थियो। नरेन र शेरे दुवै एकै उमेरका  थिए।  नरेन काठमाडौँ  मा सानै देखि बसेका ले उसलाई काठमाडौँको वातावरणले पुरै छोइसकेको थियो। उनिहरु नरेन को कोठा मा आइपुगे।  शेरे नरेन को चिटिक्क परेको कोठा, टि भी , कम्प्युटर आदि देखेर छक्क पर्यो। त्यहाँ उ नरेनको कुरा सुनेर,हाउभाउ  देखेर रहनसहन,खानपान देखेर उसलाई आफ्नो गुरु नै बनाइँसकेको थियो।


                                           रातीको खाना काका काकी संग खाइवोरि  दुबैजना एकै खाटमा ढले। यसरी नयाँ  ठाउँ , नयाँ घर, नया वातावरण पाएको कारण शेरेलाइ अर्कै संसारमा आएको भनि भान भैरहेको थियो। आफ्नो जिउ ले ओछ्यान नठम्याएको हुना  ले उसलाई निद्रा लाग्दै लाको थिएन।  यति मै नरेनले सोध्यो, "हैन ओं शेरे, तिमी  किन उत्तरदक्षिन गरि रा  हो ?" शेरे ले आफ्नै शैलीमा जवाफ फर्कायो,"के गर्ने नरेन , याद आउदैछ  आफ्नो साथीहरुको जमात, आमाको त्यो न्यानो हात, निद्रै लागेन त्यसैले कुर्दै छु बिहानको पाच छ र सात।  नरेनले मोबाइल चलाउदा चलाउदै लामो हासो का  साथ भन्यो, " वाह शेरे तिमी त मान्छे बडा गजबको रैछौ  त।
शेरे- अनि नरेन एकोहोरो मोबाइलमा के गर्दैछौ ?
नरेनले जवाफ नफ़र्काउदा  , शेरे उसको छेउ सरेर  मोबाइल मा हेर्न थाल्यो।  नरेनले मोबाइल मा अश्लिल चलद्रिश्य हेर्दै थियो।  शेरेले तीनछक्क पर्दै सोध्यो," को हुन् यिनीहरु र यिनीहरुले लुगा नलगाई क गरिरहेका छन् त ? कस्तो लाज पनि नभएको छि !
नरेन - शेरे तिमी त बच्चा  जस्तो कुरा गर्छौ यार।  हेर न यी युवा युवतीहरु प्रकृतिले प्रदान गरेका सबैभन्दा सुन्दर उपहारको आनन्द लि रहेका छन्।  यिनीहरुले  आफ्नो यौवनअवास्ठाको तृष्णा मेट्न आनन्दरूपी सागरमा चुर्लुम्म डुबुल्की मरेका छन्।  मान्छेलाइ जीवन धान्न भनि गास बास र कपास त चाहिन्छ नै तर सहवासलाइ भनि नकार्न  मिल्दैन नि।  संसार यसबाट नै अघि बढेको छ।  तिमीलाइ थाहा छ शेरे, यो त जीवन को पर्याय हो।  तिमीले पहिलो पटक देखेर होला संकोच मन्दछौ तर म त यो बिना अधुरो छु।  मेरा कुरा तिमीलाइ अनौठो लाग्न  सक्लान तर यथार्थ नै यहि हो।
 यति भन्दै नरेन निदायो। नरेन मस्त निदाए पनि शेरे निदाउन सकेन।  चल्दृश्य र नरेन को कुरा ले उसको शान्त, निर्मल स्वच्छ मनमा कौतुहलताको हुरीले तहसनहस मचाउन  थालीसकेको थियो।  उसको हरेक अङ्ग आज रोमान्चित भैरहेको थियो। उसले यौवनको अनुभव आज पहिलोपटक भोग्दै थियो। लुकेर बसेको उसको व्यस्कतालाइ कसैले कोट्याएको जस्तो आभास भयो आज उसलाई।


दिन बित्दै गए र शेरेको यौन प्रतिको जिज्ञासा पनि बढ्दै गयो।  जुनबेला इच्छा लाग्यो त्यहि बेला नै उ नरेनको मोबाइल लिई एकान्त मा  जान्थ्यो। उसको शरीरमा लागेको अदृश्य आगोले उसलाई पागल बनाइरहेको थियो।
उसको यो मनोदशा देखेर नरेनले उसलाई ठमेल लग्ने तरखर मिलायो। उनीहरु ठमेल जादै गर्दा शेरेले सोध्यो "नरेन हामी ठमेल किन जादै छौ ?"अनि नरेन ले लामो सास फेरेर भन्यो " शेरे, ठमेल भनेको केटा मान्छे का  निम्ति स्वर्ग र नारीका निम्ति नर्क हो।  आज म तिम्रो यौनेच्छालाइ एउटा बेग्लै मार्ग दिन्छु"। यसरी  ठमेल को गल्लीमा डुली रहेको बेला शेरेले त्यहाँ को रमझम बिदेशी पर्यटक र घरै पिछे आइमाईहरुले ग्राहक लोभ्याउन बसेको देख्दा उ उत्तेजित भैसकेको थियो।  उनीहरु कुनै एक घरको दोस्रो तल्लामा पाइला टेक्छन।  नरेनले शेरेलाई भित्र जा मैले सब मिलाई सके, मोज गर साले ,भनेर  भन्यो।  शेरेले आतिदै भन्यो, " नरेन यार मलाई डर लाको छ, के गर्ने नगर्ने कॆइ त थाहा छैन मलाई।
नरेन- न डरा पहिलो पटक यस्तै हुन्छ। अनि शेरे रसमायाको कोठामा  पुग्छ।


राता राता गाला, गाढा लिपिस्टिक गाजलु आँखा निधारमा ठुलो टिका, रातो साडीमा सजिएकी २१ बर्षे रसमायाले शेरे पस्नसाथ ढोका थुनिन।  नव दुल्हनझैँ सजिएकी रसमायाको सौन्दर्यले शेरे मन्त्रमुग्ध भएको थियो।  अनि रसमायाले आफ्नो लुगा फुकाल्न थालिन।  शेरेले उसको नग्न शरीर त्यसरी टवाल्ल परेर देखिरहेको रसमायालाई मन पर्दैन उसले ठाडै भनिन,"ऒये मोरो के हेरेको मात्र ?लुगा सुगा फुकाल्न , कैले देख्या छैनेस आइमाईलाई ?"
  जतिको रुप राम्रो थियो उसको त्यो भन्दा दुइ गुणा बढी बोलि न मिठो उसको।  शेरेले उसको आदेश सुन्नसाथ शर्टको बटन खोल्न थाल्यो। उता रसमाया पेटिकोट र चोली मा हल्का रिसले शेरेलाई घुर्दै थिइ।  के सार्हो ढिलो गरेको यो बजियाले भन्दै रसमायाले शेरेलाई आफु तिर तानिन्  । यसरी  रसमायाको  हात आफ्नो हातमा पर्न साथ शेरेको साँस  एक्कासी बढ्न गयो । रसमायाले उसको बाकी रहेको शर्टको बटन खोल्दै  गर्दा शेरेले रसमायाको  साँस  सहजै महसुस गर्न सकेको थियो। यो पहिलो पटक हो  कोइ केटि मान्छेसंग उ यसरी नजिक आएको। शेरे पसिना पसिना भैसकेको थियो। रसमायाले उसको एस्तो हालत भएको  देखेर उसलाई झन जिस्काउन मन लायो।  उसले बिस्तारै शेरेको कानमा गएर कान्छा पाइन्ट आफै खोल्छौ कि म खोल्दिम भन्दा त शेरेले त नाआको थुक नि निल्यो।  काम, उतेज्जना , कौतुहलता भन्दा  पनि   शेरे को डर र त्रास  उसको मन मस्तिस्क मा हावी भैरहेको थियो।  रसमाया उसको झन नजिक जान खोज्दा पसिना ले छोपिएको शेरेले उसको हात बाट आफ्नो शर्ट खोस्दै हथन फतन त्यहाँ बाट पर सरि शर्ट लाउन थाल्यो।  शेरे को बिचित्र क्रियाकलाप देख्दा रसमाया ले रिसले भनिन् "के हो यो तेरो पारा? साले जाबो एउटा केटि मान्छे नजिक जादा त सास फुल्ने त नपुंसकले भोलि गएर सन्तान कसरी  पाउलास ? पोइल जाला तेरो बुढी ,त मुजी नामर्द होस् नामर्द।  केटा मान्छेको नाममा कलंक होस् त "   शेरेले जसो तसो गरि कोठाको चुकुलखोलि  तत्काल घर फ़र्कन्छ।  बाटोमा नरेनले बारम्बार सोध्दा पनि उसको मुखबाट एक शब्द निस्केन। शेरे त्यहि साझ नाइट बस बाट आफ्नो घर फर्कियो।  घर पुगेको दुइ दिन बिति सक्दा नि शेरेले कोइ संग एक शब्द बोलेको थिएन ।  आमा बा आफ्नो चुलबुले छोरो को एस्तो अवस्था देखेर बडा चिन्तित भए।  उता शेरेलाइ खादा सुत्दा जति खेर नि रसमाया ले  बोलेको शब्द मात्र उसको कान मा गुञ्जिरहेको थियॊ- त नामर्द होस्, त नपुन्सक  केटा मान्छे को नाम मा कलङ्क होस्  कलङ्क।  एस्तो छोराको अवास्ठा देखेर उसको बा ले पल्लो गाऊबाट झाक्रीनै बोलाए।  झाक्रीले तिर चलायो हावा मा , कुखुराको बलि दिन लायो तर शेरे भने जस्ता को तेस्तै।  रसमायाको त्यो तिखो बोलीले उसको मन मस्तिस्क नै छिया छिया पारिसकेको थियो।
झाक्रीको तिर बाट  पनि केहि सुधार नभएको देखेर उनीहरुले एउटा नामुद पण्डितलाई बोलाए।  पण्डितले शेरेको यथाशिघ्र बिहे गरिदिए उ पुरानो रंगतमा फर्कने निष्कर्ष निकाले।  आफ्नो बिहेको कुरा सुनेपछी झन आगोमा घिउ हाले जस्तो भयो शेरेलाई।  बाढीरुपी मनमा सुनामी नाइँ आयो आज त।  "अह ! म यो बिहे कदापि गर्न सक्दिन।  मेरो जीवन त बर्बाद भयो तर म अरुको जीवन चाहिँ बर्बाद गर्न सक्दिन।  बिहे पश्चात बच्चा नभएपछि हाम्रो वंश कसरी अगाडी बढ्ला ? फेरी बाआमालाई समाजमा बस्न लाज हुन्न होला र ? मेरो जीवन संगिनी आफ्नो चाहना पुरा गर्न पोइल त जाने होइन र ? अह म बिहे गर्दिन। म नामर्द हु , नपुंसक हु र म आफ्नो परिवार , समाज र यस संसारको बोझ भएर मात्र बस्न चाहन्न" भनि नानाथरी कुरा मनमा केलाई उ निदायो।  अर्को बिहान भाले फेरी बास्यो , प्रकृतिले फेरी साँस  लियो , सुर्य फेरी उदायो तर शेर बहादुर गुरुङ भने अस्त भैसकेको थियो।  यौन शिक्षाको अभावका कारण आफ्नो जीवनबाट बिरक्तिएर शेरेले आत्महत्या गर्नु अघि पाना मा दुई शब्द कोर्या रैछ

भाग्य ले मलाई कहाँ उभ्यायो ?
यो मनको हुरीले मलाई कहाँ उडायो ?
किन त्यो कालो रात आयो ?
किन रसमायाको याद आयो ?…








No comments:

Post a Comment

Disqus Shortname

Comments system